images
images

सुदुरपश्चिममा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त


  • 180
    SHARES
  • २०८० फाल्गुण २२ गते मंगलबार

    सुदुरपश्चिममा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

    काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक जना राज्यमन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।

    केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।

    कर्णाली सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र १ जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

     

     


    images
    images

    Logo