images
images

दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान, उद्योगबाहेक अरु क्षेत्र धनात्मक


  • 435
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान, उद्योगबाहेक अरु क्षेत्र धनात्मक

    काठमाडौं । दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरिएकाे छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको हो । 

    गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा ३.२ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।

    व्यापार र उत्पादनमूलक उद्योग क्षेत्रबाहेक अरुमा सुधार देखिएकाले समग्र वृद्धिदर ४ प्रतिशत हुने आँकलन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अरु कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले आर्थिक वृद्धिदरमा सुधार ल्याएको हो ।

    पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गए पनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि  भने सन्तोषजनक नरहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर भने धनात्मक छ ।

    यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २९.३ प्रतिशत वृद्धिदर छ भने विद्युत तथा ग्यास क्षेत्र १७.१ प्रतिशत वृद्धिदर रहेको छ ।

    यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १४.३ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने अनुमान छ ।


    images

    Logo