images
images

३.६ प्रतिशतमा झर्‍यो अस्ट्रेलियाको मुद्रास्फीति दर


  • 440
    SHARES
  • २०८१ बैशाख १२ गते बुधबार

    ३.६ प्रतिशतमा झर्‍यो अस्ट्रेलियाको मुद्रास्फीति दर

    काठमाडौं । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।

    तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) १ प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा ३.६ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सीपीआईमा चार दशमलव १ प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ । 

    एबीएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

    मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा ०.७ प्रतिशत र १२ महिनाअघिको तुलनामा ४.९ प्रतिशतले बढी थियो । 

    एबीएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए । ‘राजधानीका शहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ,’ उनले भने ।

    तीन महिनाको अवधिमा शिक्षा खर्च ५.९ प्रतिशत र स्वास्थ्य खर्च २.८ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य ०.७ प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक  पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।  


    images

    Logo