images
images

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो


  • 350
    SHARES
  • २०८१ बैशाख १८ गते मंगलबार

    जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

    जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । 
     
    स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात ०.०२ अङ्कले घटेर १.२९ मा झरेको छ ।

    मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि ०.०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ । 

    मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।

    मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १०.८ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ । 


    images

    Logo