काठमाडौं । मलेसियाले केही समयका लागि नयाँ कामदार नलिजे भएको छ । नयाँ कामदार भर्नाका लागि आवेदन नलिने म्याद लम्ब्याउने निर्णय गरेको गृहमन्त्री दत्तुक सेरी सैफुद्दिनले बताएका हुन् ।
गृहमन्त्री इस्माइलका अनुसार मलेसियाको १ करोड ७१ लाख जनशक्तिको १५ प्रतिसत ननाघ्ने गरि विदेशी नामदारहरु ल्याउन बन्द गरिएको उनले सोमबारको पत्रकार सम्मेलनमा बताएका छन् । तर कहिलेसम्म लम्ब्याउने भन्ने उनले खुलाएनन् ।
उनले अर्थ मन्त्रालयको तथ्यांक तथा मानव संशाधन मन्त्रालयको सहमतिमा यस्तो गरिएको बताए । सन २०२३ मार्चबाट विदेशी कामदार लिन मलेसियाले बन्द गरेको हो । मलेसियाले विदेशी कामदारको लागि तोकेको कोटा पुरा यहि डिसेम्बरमा पुरा हुने बताइएको छ ।
नेपाली कामदारहरुको ठूलो श्रम गन्तव्य मलेसियामा कामदारको नयाँ आवेदन बन्द हुँदा प्रत्यक्ष असर हुने सो क्षेत्रका जानकारहरुको सार्वजनिक रुपमा भन्दै आएका छन् ।


