images
images

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै धनी


  • 429
    SHARES
  • २०८१ आषाढ ३ गते सोमबार

    एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै धनी

    काठमाडौं । एलन मस्कलाई उछिन्दै जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्स अनुसार जेफ बेजोस पहिलो, मस्क दोस्रो र बर्नार्ड अर्नाल्ट तेस्रो स्थानमा परेका हुन् । 

    ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । गएको २४ घण्टामा उनको सम्पत्ति २० करोड ९० लाख डलरले घटेको भए पनि उनी शीर्ष स्थानमा उक्लिएका छन् । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर बेजोस शीर्ष स्थानमा उक्लिएका हुन् ।

    सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ । १ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा छन् ।

    सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् । उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ । 

    शीर्ष पाँचमा रहेका अर्बपतिहरूमध्ये पाँचौं स्थानमा रहेका ल्यारी पेजको मात्रै नेटवर्थ गएको २४ घण्टाको कारोबारमा बढेको छ ।  पेजको नेटवर्थ सो अवधिमा १ अर्ब २२ करोड डलरले बढेर १ खर्ब ५७ अर्ब डलरमा उक्लिएको छ ।


    images

    Logo