काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडको नगद लाभांश पारित भएको छ । क्यापिटलको असोज ३ गते बसेको १२ औँ बार्षिक साधारणसभाले १८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
साथै क्यापिटलले शेयर इस्यु म्यानेजर, शेयर रजिस्टार, पोर्टफोलियो म्यानेजमेन्ट, डिपोजिटरी पार्टनर, शेयर अन्डरराइटर र कर्पाेरेट एडभाइजरको काम गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।