images
images

मैलुङ खोलाको ३६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ् रेञ्ज


  • 630
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    मैलुङ खोलाको ३६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ् रेञ्ज

    काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ३६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।  

    नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण शेयर मंगलबार नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर सर्वसाधारणको लागि  निष्काशन गरेको थियो ।

    कम्पनीले कारोबारको लागि ओपनिङ् रेञ्ज ९५.७५ देखि २८७.२५ रुपैयाँ सम्म पाएको छ ।  

    केही वर्षअघि नै स्थानीयलाई शेयर बिक्री गरेको सो कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख रुपैयाँ रहेको छ । 

     

     

     


    images

    Logo