images
images

वर्षमा ३४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा २७.३६ प्रतिशतको वृद्धि


  • 432
    SHARES
  • २०८१ आषाढ ३१ गते सोमबार

    वर्षमा ३४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा २७.३६ प्रतिशतको वृद्धि

    काठमाडौं । चालू आर्थिक वर्षमा सुनको मूल्य करिब एक चौथाइले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा सुनको मूल्य तोलामै ३४ हजार ७ सय रुपैयाँ (२३.६२ प्रतिशत) ले बढेको हो । 

    चालू आर्थिक वर्षको पहिलो दिन अर्थात् २०८० साउन १ गते सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । आर्थिक वर्षको अन्तिम (२०८१ असार ३१ गत) सम्म आइपुग्दा सो मूल्य बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको महासंघको तथ्यांकमा जनाइएको छ । 

    त्यस्तै, आर्थिक वर्षको पहिलो दिन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाा रहेको तेजाबी सुनको मूल्य तोलामा ३४ हजार ५५० रुपैयाँले बढेर १ लाख ४६ हजार २०० रुपैयाा पुगेको छ । 

    वर्षभरमा चाँदीको मूल्य २७.३६ प्रतिशतले बढेको छ । आर्थिक वर्षको सुरुवातमा प्रतितोला १ हजार ४८० रुपैयाँ रहेको चाँदीको मूल्य वर्षको अन्तिमसम्ममा ४०५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    images

    Logo