images
images

नेपाललाई सहयोग गर्न भारतद्वारा ७ अर्ब भारु विनियोजन


  • 528
    SHARES
  • २०८१ श्रावण ८ गते मंगलबार

    नेपाललाई सहयोग गर्न भारतद्वारा  ७ अर्ब भारु विनियोजन

    काठमाडौं । भारतले नेपालका लागि साढे ११ अर्ब २० करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक भएको भारतको संघीय बजेटले आगामी आर्थिक वर्षमा नेपालका सो बराबरकोे रकम छुट्याएको हो ।

    यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ । वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।

    भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

    भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।


    images

    Logo