images
images

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


  • 371
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।  बजारमा अधिक तरलता भइरहेकोले बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

    यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । 


    images

    Logo