images
images

रोजगारीका लागि एकै वर्षमा विदेसिए ८ लाख नेपाली, ५० हजार बढीको श्रम गन्तव्य यूराेप


  • 457
    SHARES
  • २०८१ भाद्र ५ गते बुधबार

    रोजगारीका लागि एकै वर्षमा विदेसिए ८ लाख नेपाली, ५० हजार बढीको श्रम गन्तव्य यूराेप

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ८ लाख बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अध्यागमन विभागका अनुसार गत वर्ष विभिन्न उद्देश्यले विदेश गएका १६ लाख २१ हजार ५ सय ६६ जना नेपालीमध्ये ८ लाख ७ हजार ६ सय ९३ जना रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका हुन्।

    रोजगारी खोज्दै विदेश पुग्नेमा पुरुष ७ लाख १८ हजार ९ सय ८ र महिला ८८ हजार ७ सय ६३ जना रहेका छन्। अघिल्लो वर्ष २०७९/८० मा भने सात लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका थिए। तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष रोजगारी खोज्दै विदेश जानेको संख्या बढेको छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा रोजगारी खोज्दै विदेश जाने युवायुवतीको संख्या २ लाख ४ हजारमात्रै रहेको थियो। तर, हाल सो संख्यामा ४ गुणाभन्दा बढीले वृद्धि भएको छ।

    एकै वर्षमा ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएका हुन् ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार युरोपियन युनियनमा आबद्ध २८ वटै देशमा नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।

    क्रोएसिया, साईप्रस, माल्टा र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत गएका छन् । ती बाहेकका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् ।

    ३३ हजार ६४७ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर युरोप गएका छन् । जसमा २६ हजार ६८० जना पुरुष ६ हजार ९६७ जना महिला रहेका छन् भने १७ हजार १०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    Fullscreen capture 8202024 42226 PM


    images

    Logo