images
images

शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले लिए अनुमति


  • 386
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले लिए अनुमति

    काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् । 

    आरोहण अनुमति खुला गरिएको पछिल्लो एक सातामा सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन् । 

    वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए ।


    images

    Logo