काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य बढ्दै गएको छ । यसै वर्षको एक महिना पहिलेको तुलनामा प्याजको मूल्यमा ५० प्रतिशत भन्दा धेरैले वृद्धि भएको देखिएको हो ।
कालिमाटी तरकारी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार गत महिनाको १६ गते प्याजको औषत मूल्य प्रतिकिलो ८२.६० रुपैयाँ रहेको थियो । आज भदौ १६ सम्म आइपुग्दा उक्त मूल्यमा ५४.१५ प्रतिशतले वृद्धि भएर प्रतिकिलो १२७.३३ रुपैयाँ पुगेको छ ।
केही महिनाअघि भारतले प्याजमा भन्सार बढाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको थियो । निर्यातमा केही कमी भएको भएतापनि कालोबजारी बढ्दा मूल्य ह्वात्तै बढेको थियो । पछि चीनबाट प्याज भित्रिएपछि नेपाली बजारमा प्याजको मूल्य क्रमशः घट्दै गएको थियो ।