काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेबारे कुरा भएको छ । विहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् ।
४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको चर्चित एयरलाइन्स चाइना साउदर्नले नेपालमासमेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।
चीनको ग्वान्झावबाट काठमाडौंमा नियमित उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारबारे जानकारी लिएको थियो ।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको मन्त्री पाण्डेले स्वागत गरे ।
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारेका छन् ।
मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भए जानकारी गराउन भनेका छन् ।


