images
images

तोलामै ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • 822
    SHARES
  • २०८१ भाद्र २८ गते शुक्रबार

    तोलामै ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मुल्य पाँचौं दिन बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको बिश्लेषकहरुको भनाई छ ।

    नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख ५२ हजार १ सय रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति तोला १ लाख ५३ हजार ४ सय रुपैयाँ पुग्यो । त्यस पछि बिहिबार सामान्य घटेको मुल्य शुक्रबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रति तोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति तोला ४ हजार २ सय रुपैयाँ बढी हो ।

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा भयो ।


    images

    Logo