images
images

एकै महिनामा वाणिज्य बैंकले कमाए ९ अर्ब १७ करोड नाफा, कुन बैंकको नाफा कति ?


  • 375
    SHARES
  • २०८१ आश्विन १ गते मंगलबार

    एकै महिनामा वाणिज्य बैंकले कमाए ९ अर्ब १७ करोड नाफा, कुन बैंकको नाफा कति ?

    काठमाडौं । साउन महिनामा २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुले सो रकम नाफा गरेका हुन् ।

    वाणिज्य बैंकहरुले एक महिनामा कमाएको नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेका थिए । 

    Profit of Shrawan.jpg
    Source: Nepal Rastra Bank

    २० वाणिज्य बैंकहरुमध्ये साउन महिनामा ग्लोबल बैंकले सर्वाधिक ८९ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । त्यस्तै, नबिल कैंकले पनि ८० करोड ३३ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ । साथै, कृषि विकास बैंकले पनि ७१ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । 

    साउन महिनामा ५ बैंकहरुले ५० करोड रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । सो अवधिमा हिमालयन बैंकले ५८ करोड ८० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ, प्रभू बैंकले ५३ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । त्यस्तै, प्राइम बैंकले ५० करोड ५५ लाख रुपैयाँ र कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिनामा नै लक्ष्मी सनराईज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबी बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ । 

    साउनमा ६ बैंकको नाफा ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ । सो अवधिमा सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ नाफा गरेका छन् । त्यस्तै, सिटिजन बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३१ लाख रुपैयाँ र स्ट्याण्डर्ड चाटर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । 

    साथै, सो अवधिमा एनआईसी एशिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ, नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा गरेका छन् । 


    images

    Logo