images
images

दशैं बिदामा पनि बैंकको शाखा खुल्ने, कुन–कुन शाखा कहिले खुल्छन् ?


  • 1.0K
    SHARES
  • २०८१ आश्विन २४ गते बिहीबार

    दशैं बिदामा पनि बैंकको शाखा खुल्ने, कुन–कुन शाखा कहिले खुल्छन् ?

    काठमाडौं । चाडपर्वको समयमा सबै क्षेत्रमा बिदा भएपनि विभिन्न बैंकहरु भने खुल्ने भएका छन् ।असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ ।

    दशैं बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् । दशैं बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् ।

    • ग्लोबल आईएमई बैंक

    ग्लोबल आईएमई बैंकले ३६ वटा, अष्टमी/नवमीको दिन २३ वटा, विजयादशमीको दिन ९ वटा, एकादशीको दिन १४ वटा र २० वटा शाखा सञ्चालन गरेर सेवा दिने उल्लेख गरेको छ । यी शाखाहरू अरू दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र विजयादशमीको दिन १ देखि ३ बजेसम्म खुल्नेछ ।

    GBIME

    • नबिल बैंक

    नबिल बैंकले देशभरका २९ शाखामार्फत दसैँ बिदामा आलोपालो सेवा दिँदैछ । त्यसमध्ये खुम्बु क्षेत्रको पर्यटकीय बजार नाम्चेमा सबै दिन, काठमाडौँको तीनधारास्थित केन्द्रीय कार्यालयको शाखा शनिबारबाहेक हरेक दिन तथा केही शाखा दुई दिन र बाँकी एक दिन खुलाउने गरी कार्यतालिका बनाएको छ । यो अवधिमा १० लाखसम्म जम्मा गर्न र २ लाखसम्म निकाल्न पाइने बैंकले जनाएको छ ।

    Nabil bank

    nabil

    Sidhartha bank
    • कृषि विकास बैंक

    कृषि विकास बैंकले शनिबार र आइतबार सम्पूर्ण शाखा बन्द गर्ने निर्णय गरेको छ । फूलपातीको दिन मुख्य कार्यालयसहित २८ शाखा, अष्टमी/नवमीको दिन २२ शाखा र द्वादशीको दिन ३२ शाखा सञ्चालन गरेर सेवा दिने कार्यतालिका बनाएको छ ।

    adbl

    • हिमालयन बैंक

    हिमालयन बैंकले फूलपातीको दिन १४ वटा, अष्टमी/नवमीको दिन ६ वटा, एकादशीको दिन दुईवटा र द्वादशीको दिन सातवटा शाखा खुला गर्ने जनाएको छ । विजयादशमीको दिन सबै शाखाहरू पूर्ण रूपमा बन्द हुनेछन् । यो दिन १० देखि २ बजेसम्म शाखा खुला हुनेछन् । काठमाडौँका हिटी दरबार ९ देखि १२ बजेसम्म, पाटन १२ देखि ३ बजेसम्म र न्यूरोड ३ बजेदेखि ६ बजेसम्म खुला हुनेछ ।

    HBL

    • कुमारी बैंक

    कुमारी बैंकले प्रत्येक प्रदेशमा दुई दिन र मधेसमा तीन दिन शाखा खुला गर्दैछ । कुल ३४ वटा शाखामार्फत यो अवधिमा सेवा सञ्चालन हुनेछ । बिदाको दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा दिने उल्लेख गरिएको छ ।

    KBL

    • लक्ष्मी सनराइज बैंक

    लक्ष्मी सनराइज बैंकले अरू प्रदेशमा आलोपालो गरी विजयादशमी बाहेक बाँकी चार दिनमा आलोपालो गरी बैंकिङ सेवा दिने जनाएको छ । सुदूरपश्चिम प्रदेशमा तीन दिनमात्रै शाखा हुल्नेछन् । शाखा खुल्ने दिनमा १० देखि २ बजेसम्म सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।

    laxmi

    • माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले देशभरका ३९ शाखामार्फत दसैँको समयमा भौतिक रूपमै सेवा दिँदैछ । फूलपातीका दिन १५ वटा, अष्टमीको दिन १० वटा, एकादशीको दिन ६ वटा र द्वादशीको दिन ८ वटा शाखामार्फत सेवा सञ्चालन हुनेछ । यो अवधिमा कुनै शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म र केही दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

    MBL

    • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभरका ४६ वटा शाखा खोलेर बिदाको समयमा सेवा दिँदैछ । विजयादशमीको दिन सम्पूर्ण शाखा बन्द गर्ने र बाँकी दिनमा एक वा दुई दिन शाखा सञ्चालन गर्ने बैंकको योजना छ । तालिका अनुसार सम्बन्धित दिनमा तीन घण्टा सेवा सञ्चालन हुनेछ ।

    MIMB2

     

    • एनआईशी एसिया बैंक

    एनआईशी एसिया बैंकले विजयादशमी बाहेक बाँकी चार दिनमा देशभरका १६ शाखा खुला गर्दैछ । त्यसमध्ये खिचापोखरी शाखा दिउँसो २ देखि ५ बजे र बाँकी बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

    NICA

    • प्रभु बैंक

    प्रभु बैंकले विजयादशमीको दिनबाहेक अरू दिनमा शाखा खोल्दैछ । काठमाडौँ उपत्यकामा चार र उपत्यका बाहिरका ८ शाखाहरू बिहान १० देखि १ बजेसम्म खुला गरेर सेवा दिने बैंकले जनाएको छ ।

    PRVU

    • प्राइम कमर्सियल बैंक

    प्राइम कमर्सियल बैंकले ४९ शाखामार्फत पनि विजयादशमी बाहेक बिदामा अरू दिन आलोपालो सेवा दिँदैछ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला हुनेछ ।

    PCBL

    • सानिमा बैंक

    सानिमा बैंक विजया दशमीको दिन सम्पूर्ण शाखा, अष्टमी/नवमीको दिन केन्द्रीय कार्यालय बाहेकको शाखा बन्द गर्नेछ । बाँकी दिनमा भने आलोपालो गरेर शाखा खुला गर्ने जनाएको छ । यो क्रममा ७० भन्दा धेरै शाखा खुल्नेछन् । धेरैजसो शाखाहरू एक दिन र केही दुई दिन खुला हुने गरी आलोपालो मिलाइएको छ । शाखा खुला हुने दिन बिहान ११ देखि दिउँसो २ बजेसम्मको लागि समय तोकिएको छ ।

    SANIMA

    • सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले विजया दशमीको दिन बाहेक अरू दिन आलोपालो गरी शाखा खुला गर्दैछ । शाखा खुला हुने दिन पनि ११ देखि २ र २ देखि ५ बजेसम्मको लागि फरक फरक समय निर्धारण गरिएको छ । यो क्रममा देशभरका २५ शाखा खुला हुनेछन् ।

    SBL

    • स्ट्यान्डर्ड चार्टर्ड बैंक

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि विजयादशमीको दिन बाहेक अरू सबै दिन सीमित शाखाबाट सेवा दिँदैछ । उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुनेछ ।

    SCB

     

     

     


    images

    Logo