सन् २०२१ को नोबेल पुरस्कार ३ जना अर्थशास्त्रीले संयुक्त रुपमा पाएका छन् । अमेरिकी अर्थशास्त्रीहरु डेभिड कार्ड, जोस्ह्वा एङ्ग्रिस्ट र गुइडो इम्बेन्सलाई संयुक्त रूपमा सो पुरस्कार दिने निर्णय गरिएको हो । उनीहरुले गरेको दुईवटा सोधको निम्ति यो पुरस्कार दिइएको नोबेल फाउन्डेसन अन्तर्गत स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।
डेभिड कार्डले श्रम अर्थशास्त्रमा यसभन्दा अघि उजागर नभएको अनुभवजन्य योगदान (इम्पेरिकल कन्ट्रिब्युसन टु लेबर इकोनोमिक्स) नामको शोध गरेका थिए। यस्तै, एङ्ग्रिस्ट र इम्बेन्सलाई सम्बन्धित दुई घटनामा कारण तथा प्रभावको सम्बन्धबारे विश्लेषण (मेथोडोलोजिकल कन्ट्रिब्युसन टु द एनालाइसिस अफ कजल रिलेसनशीप्स) नामको शोध गरेका थिए ।
यो पुरस्कारको राशी १ करोड अमेरिकी डलर रहेको छ । सोमध्ये कार्डलाई ५० लाख पाउनेछन् । बाँकी ५० लाखमध्ये ङग्रिस्ट र इम्बेन्सलाई २५/२५ लाख अमेरिकी डलर प्रदान गरिनेछ ।


