images
images

दशैंका लागि ल्याएको खसीबोका च्याङ्ग्रा फुलपातीमै बिक्री, तिहारलाई अरु नल्याइने


  • 470
    SHARES
  • २०८१ कार्तिक ५ गते सोमबार

    दशैंका लागि ल्याएको खसीबोका च्याङ्ग्रा फुलपातीमै बिक्री, तिहारलाई अरु नल्याइने

    काठमाडौं । सरकारले यो वर्ष दशैंका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री भएका छन् । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा ल्याएको थियो । 

    जसमध्ये १ हजार ५०० वटा खसी बोका र  ३०० वटा च्याङ्ग्रा ल्याएर प्रादेशिक कार्यालय थापाथली, काठमाडौं परिसरबाट असोज २० गतेदेखि बिक्री गरिएको थियो । उक्त खसीबोका तथा च्याङ्ग्रा फूलपातीकै दिन सबै बेचिसकेको कम्पनीले जनाएकाे छ । 

    खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गरेको थियो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँ र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरेको थियो ।

    गतवर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो ।

    उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो । तर पनि बिक्री नभएर  लामो समयसम्म बिक्री हुन सकेका थिएनन् ।  गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो ।

    ती कुल च्याङ्ग्राामध्ये ४९५ वटा बिक्री भएका थिए भने ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दशैंपछि बिक्री गरिएको थियो । 

    तिहारका लागि भने खसीबोका नल्याउने खाद्य जानकारी गराएकाे छ ।


    images

    Logo