काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका डोनाल्ड ट्रपले अब ओभरटाइम काम गर्ने कर्मचारीहरुको तलबमा कुनै प्रकार ट्याक्स नलाग्ने घोषणा गरेका छन् । राष्ट्रपतिमा विजयी भएपछि आयोजित सभामा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
‘अब ओभरटाइममा कुनै ट्याक्स लाग्दैन’, उनले भने । यसैगरी ट्रम्पले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा लाभमा पनि ट्याक्स नलाग्ने घोषणा गरेका छन् । ट्रम्पले केयरगिभरका लागि ट्याक्स क्रेडिटमा पनि नयाँ नीति ल्याउने घोषणा गरेका छन् ।
त्यस्तै ऊर्जाको मूल्य पनि घटाइने पनि ट्रम्पले प्रतिबद्धता गरेका छन् । ‘एक वर्षभित्र ऊर्जाको मूल्य ५० प्रतिशतले घटाइनेछ’, उनले भने ।