images
images

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा हालसम्मकै कमजोर


  • 443
    SHARES
  • २०८१ कार्तिक २७ गते मंगलबार

    अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा हालसम्मकै कमजोर

    काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । आज एक अमेरिकी डलर किन्न ८४ रुपैयाँ ४० पैसा तिर्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विदेशी बजारमा नै अमेरिकी डलरको भाउ बढिरहेकाले भारु पनि कमजोर बनिरहेको खबरमा उल्लेख छ ।

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः विजयी भएपछि डलरसँग भारतीय रुपैयाँ अझै १० रुपैयाँ हाराहारीमा कमजोर बन्न सक्ने द हिन्दुले जनाएको छ । डलरको भाउ बढ्दो र रुपैयाँ कमजोर हुँदै गएपछि विदेशी मुद्रा सञ्चितिका लागि भारतीय रिजर्भ बैंकले थप कदम चाल्न सक्ने अनुमान छ ।

    भारु कमजोर हुँदै जाँदा मूल्यवृद्धि हुने, शेयर बजारमा प्रभाव पर्नेजस्ता असर देखिन सक्ने पनि खबरमा उल्लेख छ ।


    images

    Logo