images
images

यी हुन् संसारका सबैैभन्दा शक्तिशाली १० व्यवसायी, एलन मस्क शीर्ष स्थानमा


  • 459
    SHARES
  • २०८१ कार्तिक २९ गते बिहीबार

    यी हुन् संसारका सबैैभन्दा शक्तिशाली १० व्यवसायी, एलन मस्क शीर्ष स्थानमा

    काठमाडौं । फर्च्युनले व्यापारको दुनियाँमा शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्ष स्थानमा विश्वकै धनीव्यक्ति एलन मस्क रहेका छन् ।

    अमेरिका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्वपले मस्कलाई सरकारी दक्षता विभाग (डीओजीई)को जिम्मेवारी दिएका छन्। मस्कको कुल सम्पत्ति ३१९ अर्ब डलर रहेको छ।

    सूचीको दोस्रो स्थानमा जेन्सन हुआङ छन् । उनी एआई चिप्स बनाउने कम्पनी एनभिडियाका सीईओ हुन् ।

    तेस्रो स्थानमा माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्य नाडेला छन् । त्यस्तै, चौथो स्थानमा वारेन बफेट रहेका छन् । 

    पाचौं र छैठौं स्थानमा जेमी डाइमन र टिम कुक छन् भने सातौं स्थानमा मेटाका सीईओ मार्क जुकरबर्ग रहेका छन् । सूचीको आठौं स्थानमा साम अल्टम्यान र नवौं स्थानमा म्यारी बायरा छन् । दशौं स्थानमा गुगलका भारतीय मूलका सीईओ सुन्दर पिचाई रहेका छन् । अमजेनका संस्थापक जेफ बेजोस ११ औँ स्थानमा छन् ।

     


    images

    Logo