images
images

चिनियाँ वैज्ञानिकले ६ वर्षअघि नै भनेका थिए, 'अबको जैविक हतियार कोरोनाभाइरस हो'


  • 1.0K
    SHARES
  • २०७८ बैशाख २७ गते सोमबार

    चिनियाँ वैज्ञानिकले ६ वर्षअघि नै भनेका थिए, 'अबको जैविक हतियार कोरोनाभाइरस हो'

    काठमाडौं । २०१९ को अन्त्यमा कोरोनाभाइरसको महामारी सुरु हुनअघि नै चिनियाँ बैज्ञानिकले सार्स कोरोनाभाइरसलाई नयाँ युगको जैविक हतियारको रुपमा प्रयोग गर्नेबारे छलफल गरेको खुलेको छ ।

    अष्ट्रेलियन सञ्चारमाध्यम विकइन्डको रिपोर्टलाई उद्घृत गर्दै बिजनेस स्ट्यान्डर्डले उल्लेख गरे अनुसार चिनियाँ वैज्ञानिक र स्वास्थ्य अधिकारीले सन् २०१५ मा तयार गरेको दस्तावेजमा सार्स कोरोनाभाइरस नयाँ युगको जैविक हतियारको रुपमा उल्लेख गरिएको छ । दस्तावेजमा भनिएको छ, 'भाइरसलाई कृतिम तरिकाले ह्युमन डिजिज भाइरसको रुपमा परिवर्तन गर्न सकिन्छ ।' 

    आनुवंशिक जैविक हतियारको रुपमा मानवनिर्मित भाइरसको अस्वभाविक उत्पत्ति शीर्षक रहेको सो दस्तावेजले तेस्रो विश्वयुद्धलाई जैविक हतियारहरुले लाइँ गर्न सुझाव दिएको छ । उक्त कागजातले चिनियाँ सैन्य वैज्ञानिकहरु कोभिड-१९ महामारीको बारेमा पाँच वर्ष अगाडि नै छलफल गरिरहेका थिए भन्ने समेत खुलाएको छ । 

    अष्ट्रेलियन स्ट्राटिजिक पोलिसी इन्सिच्युड (एएसपीआई) का कार्यकारी निर्देशक, पीटर जेनिंग्सले न्यूज डटकम डटएयुलाई भनेका छन्, ती कागजातहरु 'स्मोकिङ गन' जस्तै छ। 'मलाई लाग्छ, यो निकै महत्वपूर्ण छ । किनकि यसले चिनियाँ वैज्ञानिकहरूले कोरोनाभाइरसको विभिन्न किसिमका सैनिक सेनाको बारेमा सोच्दै थिए भन्ने स्पष्ट पार्दछ । र, यसलाई कसरी तैनाथ गर्न सकिन्छ भनेर सोचिरहेका थिए भन्ने पनि', जेनिंग्सले भने।

    उनले चीनले सैन्य प्रयोगको लागि रोगको रुपमा छाडिएको हुनुसक्ने सम्भावना समेत मजबुत रहेको बताए। 'कोभिड-१९ को उत्पत्तिमा बारेमा खुला अनुसन्धानका लागि चीन यत्तिको अनिच्छुक किन छ, भन्ने विषयले पनि यसलाई थप व्याख्या गर्न सक्छ,' उनले भने ।

    चिनियाँ सरकारी कागजात चुहावटको विश्लेषण गर्ने साइबर सुरक्षा विशेषज्ञ रोबर्ट पॉटरलाई अष्ट्रेलियाले उक्त कागज प्रमाणित गर्न भन्यो। उनी भन्छन्, हामी उच्च विश्वासको निष्कर्षमा पुगेका छौं कि यो वास्तविक हो, नक्कली होइन । तर यो कत्तिको गम्भीर छ भनेर व्याख्या गर्न अझै बाँकी छ । 

    कोभिड-१९ महामारी डिसेम्बर २०१९ मा देखा परेको सार्स सीओभी-२ नामको भाइरसका कारण भएको हो। कोरोनाभाइरस भाइरसहरूको ठूलो परिवार हो, जस मध्ये धेरै मानिसमा श्वासप्रश्वासको रोग हुन्छन् । जसलाई सामान्य चिसोदेखि गम्भीर तीव्र श्वासप्रश्वाससम्म हो। 


    images

    Logo