images
images

आयल निगमले अघि बढायो यी ५ मेघा प्रोजेक्ट (भिडियोमा)


  • 564
    SHARES
  • २०८१ मंसिर १७ गते सोमबार

    आयल निगमले अघि बढायो यी ५ मेघा प्रोजेक्ट (भिडियोमा)

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एकैसाथ पाँचवटा ठूला परियोजनाको काम अघि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण र बिक्रि वितरण सहज र भरपर्दो बनाउन दुईवटा पाइपलाईन र तीनवटा डिपोहरुलाई स्थान्तरण गर्ने भएको हो । निगमले सिलिगुडी–चारआली र अम्लेखगञ्ज लोथर पाइपलाईन निर्माण कार्य अघि बढाएको छ । 

    स्थान्तरण हुने तीन डिपोहरुमा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपो, रुपन्देहीको भलबारी र सुदुरपश्चिमको धनगढीमा रहेका डिपोहरु रहेका छन् । सुरुमा कुरा गरौं, काठमाडौंको सिनामंगलस्थित हालको हवाई इन्धन डिपोको प्रसंगबाट । 

    त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत ‘ट्याक्सी वे’मा परेकाले यस डिपोलाई गुह्येश्वरी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । यो डिपो गुहेश्वरीमा सार्न किन आवश्यक छ ? नेपाल आयल निगमका उपनिर्देशक तथा निगमको ‘भण्डारण क्षमता वृद्धि परियोजना’का प्रमुख प्रदीप यादवको भनाई यस्तो छ –
    (हेर्नुहोस् भिडियोमा ।)


    images

    Logo