images
images

१०२ ट्रिलियन डलर नाघ्यो विश्वव्यापी ऋण


  • 401
    SHARES
  • २०८१ पौष ९ गते मंगलबार

    १०२ ट्रिलियन डलर नाघ्यो विश्वव्यापी ऋण

    काठमाडौं । विश्वका देशहरुको ऋण बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी ऋण १०२ ट्रिलियन डलर पुगेको छ ।

    विश्वका धेरै ठूला देशले ऋण लिएर अर्थतन्त्र चलाइरहेका छन् । आईएमएफ र अमेरिकी ट्रेजरीको तथ्यांकअनुसार अमेरिकामा विश्वमा सबैभन्दा बढी ऋण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशको संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब १२५ प्रतिशत हो ।

    विश्वको कुल ऋणमा अमेरिका एक्लैको हिस्सा ३४.६ प्रतिशत रहेको छ । समस्या यो छ कि अमेरिकाको ऋण यस्तो समयमा बढिरहेको छ जब यसको अर्थव्यवस्था राम्रो प्रदर्शन गरिरहेको छ । यो ऋणको ब्याज तिर्न अमेरिकाले धेरै पैसा तिर्नुपरेको छ ।

    यो सूचीमा चीन दोस्रो नम्बरमा छ । विश्व ऋणको १६.१ प्रतिशत चीनको छ । गत वर्ष चीनको ऋण १४.६९ ट्रिलियन डलर थियो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर केही समययता यसले धेरै मोर्चामा संघर्ष गरिरहेको छ ।

    तेस्रो नम्बरमा जापान रहेको छ । जापानमा विश्वको कुल ऋणको १० प्रतिशत छ । गत वर्ष देशको ऋण १०.७९ ट्रिलियन डलर थियो ।

    बेलायत चौथो नम्बरमा छ । गत वर्ष बेलायतको ऋण ३.४६ ट्रिलियन डलर थियो । जुन विश्वव्यापी ऋणको ३.६ प्रतिशत हो ।

    यो सूचीमा फ्रान्स पाँचौं र इटाली छैटौं स्थानमा छ । फ्रान्समा ३.३५ ट्रिलियन डलर र इटालीको ३.१४ ट्रिलियन डलर ऋण छ ।

    यो सूचीमा भारत सातौँ नम्बरमा छ । विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतको गत वर्ष कुल ऋण ३.०५७ ट्रिलियन डलर छ । जुन विश्वव्यापी ऋणको ३.२ प्रतिशत हो ।

    यो जर्मनी, क्यानडा, ब्राजिल र रुसजस्ता देशभन्दा बढी हो । इराक, चिली, चेक गणतन्त्र, भियतनाम, हंगेरी, यूएई, बंगलादेश, युक्रेन, ताइवान, रोमानिया, नर्वे, स्विडेन, कोलम्बिया, आयरल्याण्ड र फिनल्यान्डको विश्वमा सबैभन्दा कम ऋण छ ।


    images

    Logo