images
images

विश्वव्यापी आर्थिक वृद्धि २.८ प्रतिशत हुने अनुमान, भारतको सबैभन्दा धेरै


  • 373
    SHARES
  • २०८१ पौष २८ गते आइतबार

    विश्वव्यापी आर्थिक वृद्धि २.८ प्रतिशत हुने अनुमान, भारतको सबैभन्दा धेरै

    काठमाडौं । भर्खरै शुरु भएको अंग्रेजी वर्ष सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि २.८ प्रतिशत हुने संयुक्त राष्ट्रसंघको एक रिपोर्टले जनाएको छ । मुद्रास्फीति घट्नु, श्रम बजारको अवस्था सुधार हुनु र मौद्रिक सहजताका बाबजुद पनि विश्वव्यापी वृद्धि कोभिड महामारीभन्दा अघिकोभन्दा कम रहने अनुमान गरिएको रिपोर्टलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    विश्व अर्थतन्त्रले महत्वपूर्ण अनिश्चितताको सामना गरिरहेको संयुक्त राष्ट्रसंघको विश्व आर्थिक स्थिति र सम्भावना २०२५ को प्रतिवेदनले जनाएको छ । अर्को वर्ष अर्थात् सन् २०२६ मा भने विश्व अर्थतन्त्र २.९ प्रतिशतले बढ्ने छ । तर, भूराजनीतिक द्वन्द्व, बढ्दो व्यापार तनाव र धेरै देशहरूको उच्च ऋणका कारण अर्थतन्त्रको बिचैमा सङ्कट आउन सक्ने पनि उल्लेख छ ।

    संयुक्त राज्य अमेरिकामा अघिल्लो वर्ष सन् २०२४ मा २.८ प्रतिशतको वृद्धि भएकोमा यो वर्ष घटेर १.९ प्रतिशतमै सिमित रहने अनुमान छ । गएको वर्ष सन् २०२४ मा युरोपमा ०.९ प्रतिशतको वृद्धि भएकोमा यो वर्ष १.३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ । तर यूरोपले यो वर्ष पनि धेरै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

    चीनको आर्थिक वृद्धि ४.८ प्रतिशत हुने अनुमान छ । संसारभरमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर दक्षिण एशिया क्षेत्रमा हुने देखिन्छ । दक्षिण एशियामा ५.७ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । जसमा भारतको ६.६ प्रतिशतको आर्थिक वृद्धिले ठूलो सहयोग गर्नेछ । भारत संसारकै धेरै आर्थिक वृद्धि हुने देशमा पर्ने अनुमान छ ।

    यस्तै अफ्रिका सन् २०२४ मा ३.४ प्रतिशतको वृद्धि भएकोमा सन् २०२५ मा ३.७ प्रतिशतमा बढ्ने अनुमान छ । 


    images

    Logo