काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ३४, प्याज सुकेको प्रतिकिलो ६५, गाजर लोकल प्रतिकिलो ४० तराईको प्रतिकिलो ३०, रुपैया कायम भएको छ । त्यस्तै बन्दा लोकल प्रतिकिलो १२, काउली स्थानीय प्रतिकिलो २०, मुला रातो प्रतिकिलो ४०, मूला सेतो प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ४० तथा भन्टा डल्लो प्रतिकिलो ६० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी प्रतिकिलो ५०, राजमा सिवी प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ८०, तिते करेला प्रतिकिलो १३०, लौका प्रतिकिलो ५० रहेको छ । परबर लोकल प्रतिकिलो ११०, घिरौला प्रतिकिलो ९०, झिगनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो लाम्चो प्रतिकिलो १५ र भिण्डी प्रतिकिलो ११० कायम गरिएको छ ।
यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ रहेको छ । त्यसैगरी मेथीको साग प्रतिकिलो ६०, प्याज हरियो प्रतिकिलो ३०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ९०, च्याउ कन्य प्रतिकिलो १००, च्याउ डल्ले प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १८०, कोइराला प्रतिकेजी ४००, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ५० तोकेकोे छ ।


