काठमाडौं । वाणिज्य बैंकहरूले ७ महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा २० वटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
अघिल्लो आर्थिक बर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा यस बर्ष बैंकहरुको नाफा १.६२ प्रतिशतले कम हो । २० वटा बैंकमध्ये ९ वटाको नाफा बढेको छ। बाँकी ११ बैंकको नाफा घटेको छ।
सो अवधिमा सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। सो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी चालु आर्थिक वर्षको माघसम्म एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
चालु आर्थिक वर्षको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी माघसम्म राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
| वाणिज्य बैंक | २०८१/०८२ |
| नेपाल | २,४५८.४१ |
| राष्ट्रिय वाणिज्य | १,२३८.६८ |
| नबिल | ४,०११.१२ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ३,४३९.६५ |
| स्टान्डर्ड चाटर्ड | १,८३८.५६ |
| हिमालयन | १,४७२.४९ |
| नेपाल एसबिआई | १,०९१.७७ |
| एभरेष्ट | २,५७३.८४ |
| एनआइसी एसिया | ४६४.७३ |
| माछापुच्छ्रे | ९६८.१८ |
| कुमारी | ७३८.६४ |
| लक्ष्मी सनराइज | १,५८९.६० |
| सिद्धार्थ | ८५५.१९ |
| कृषि विकास | ७९९.९५ |
| ग्लोबल | ३,८९०.५६ |
| सिटिजन्स | ९०२.६९ |
| प्राइम | २,१८२.३५ |
| एनएमबि | २,३४४.९२ |
| प्रभु | १,८३४.६७ |
| सानिमा | १,३७१.९६ |
| जम्मा | ३६०६७.९६ |


