काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ९२ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १७ करोड २५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले चैत ५ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।