images
images

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका, यी हुन् सबैभन्दा शक्तिशाली १० देशहरू


  • 872
    SHARES
  • २०८२ बैशाख ४ गते बिहीबार

    विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका, यी हुन् सबैभन्दा शक्तिशाली १० देशहरू

    काठमाडौं । अमेरिका फेरि पनि विश्वकै सबैभन्दा शक्तिशाली देश बनेको छ । ग्लोबल फायरपावरले सार्वजनिक गरेको नयाँ सूचीअनुसार अमेरिका संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र देखिएको हो । 

    अमेरिकाको पावर इन्डेक्स स्कोर ०.०७४४ रहेको छ । यसका साथै अमेरिकी सेनामा करिब २१ लाखभन्दा बढी सैन्यकर्मी, १३ हजार ४३ विमान र ४ हजार ६४० ट्यांक छन् ।

    दोस्रो स्थानमा रुस रहेको छ, जसको पावर इन्डेक्स ०.०७८८ छ । रुसी सेनामा ३५ लाख ७० हजार सैन्यकर्मी, ४ हजार २९२ विमान र ५ हजार ७५० ट्यांक छन् ।

    तेस्रो स्थानमा चीन परेको छ, जसको पावर इन्डेक्स पनि ०.०७८८ नै रहेको छ । चीनसँग ३१ लाख ७० हजार सैन्यकर्मी, ३ हजार ३०९ विमान र ६ हजार ८०० ट्यांक छन् ।

    भारत चौथो स्थानमा छ, जसको पावर इन्डेक्स ०.११८४ छ । भारतीय सेनामा ५१ लाखभन्दा बढी सैन्यकर्मी, २ हजार २२९ विमान र ४ हजार २०१ ट्यांक छन् ।

    अन्य शीर्ष देशहरू यस प्रकार छन्:

    दक्षिण कोरिया – पावर इन्डेक्स: ०.१६५६

    बेलायत – पावर इन्डेक्स: ०.१७८५

    फ्रान्स – पावर इन्डेक्स: ०.१८७८

    जापान – पावर इन्डेक्स: ०.१८३९

    टर्की – पावर इन्डेक्स: ०.१९०२

    इटाली – पावर इन्डेक्स: ०.२१६४


    images

    Logo