images
images

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, समस्या हट्न एक हप्ता लाग्न सक्ने


  • 298
    SHARES
  • २०८२ बैशाख १६ गते मंगलबार

    स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, समस्या हट्न एक हप्ता लाग्न सक्ने

    काठमाडौं । युरोपेली देश स्पेन र पोर्चुगलका ठूला क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द भएको छ, जसले गर्दा सर्वसाधारणको जीवनमा ठूलो प्रभाव परेको छ ।यो विद्युत् कटौतीले हवाई सेवा, मेट्रो र रेल सेवाहरू प्रभावित भएका छन् । पोर्चुगिज एअरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अपिल गरेको छ ।


    स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति बन्द भएको जनाएको छ । अब उनीहरू बिजुली पुनर्स्थापित गर्ने र ब्ल्याकआउटको कारण बुझ्ने प्रयास गरिरहेका छन् ।स्पेन र पोर्चुगलमा भएको यो विद्युत सङ्कटको बारेमा युरोपेली परिषद्का अध्यक्षले यसको पछाडि कुनै साइबर आक्रमणको कुनै सङ्केत नदेखिएको बताएका छन् ।

    पोर्चुगलले साइबर आक्रमणको अस्वीकार गर्‍यो

    यसैबीच पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पोर्चुगल र स्पेनमा विद्युत आपूर्ति बन्द हुनुको पछाडि कुनै पनि प्रकारको साइबर आक्रमणको कुनै सङ्केत नदेखिएको बताएका छन् ।“समस्यालाई सकेसम्म चाँडो समाधान गर्न सबै स्रोतहरू प्रयोग गरिँदैछ,” पावर कम्पनी रेड इलेक्ट्रिकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे ।

    कम्पनीले आफ्नो पछिल्लो विज्ञप्तिमा बिजुली आपूर्तिमा क्रमिक सुधार हुने बताएको छ । आरटीई एक फ्रान्सेली कम्पनी हो र यसले स्पेनमा बिजुली आपूर्ति ठीक गर्न मद्दत गरिरहेको बताएको छ । कम्पनीले भन्यो, “यसले फ्रान्सलाई अहिलेसम्म असर गरेको छैन ।”

    यसैबीच युक्रेनका ऊर्जामन्त्रीले बिजुली मर्मतमा सहयोग गर्न तयार रहेको बताएका छन् । यसका साथै स्पेनमा आयोजना हुने म्याड्रिड ओपन टेनिस प्रतियोगिता पनि बिजुली कटौतीका कारण रोकिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार बिजुली कटौतीका कारण पोर्चुगलको अवस्था पनि खराब छ । ट्राफिक लाइटहरूले काम गर्न छोडेका छन्, लिस्बन र पोर्टो शहरहरूमा मेट्रो सेवाहरू रोकिएका छन् र रेलहरू चलिरहेका छैनन् ।

    विद्युत् आपूर्ति सुचारु हुन एक हप्ता लाग्न सक्छ

    लिस्बनमा रहेको बीबीसीका होली भ्यालीजले रिपोर्ट गरेअनुसार बिजुली अवरुद्ध हुँदा मानिसहरू कपाल काट्ने कामको बीचमै सैलुन छोड्न बाध्य भएका थिए ।

    इजीजेट एअरलाइन्स कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “पोर्चुगल र स्पेनमा विद्युत सङ्कटले केही विमानस्थलहरूमा पहुँच अवरुद्ध गरेको छ र लिस्बन, म्याड्रिड र बार्सिलोनालगायत केही विमानस्थलहरूको सञ्चालन प्रभावित भएको छ । अन्य एअरलाइन्सहरू जस्तै, हामीले पनि हाम्रा उडानहरूमा केही अवरोध अनुभव गरिरहेका छौं, जसको अर्थ लिस्बन र म्याड्रिडका लागि फिर्ता उडानहरू उडान भर्न असमर्थ छन् ।”

    पोर्चुगलको विद्युत कम्पनी रेड इलेक्ट्रिका नेसियोनल ९च्भ्ल्० ले पूर्ण रूपमा विद्युत पुनर्स्थापित गर्न एक हप्तासम्म लाग्न सक्ने बताएको छ । यसअघि स्पेनको विद्युत विभागले बिजुली आपूर्ति पुनर्स्थापित गर्न छ देखि दश घण्टा लाग्न सक्ने बताएको थियो ।

    स्पेनमा तापक्रममा अत्यधिक परिवर्तनका कारण यो विद्युत सङ्कट उत्पन्न भएको बताएको छ । यद्यपि, यसबारे स्पेनी सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    स्पेनका केही ठाउँमा बिजुली फर्किएको छ, तर रेलहरू अझै पनि सेवाबाट बाहिर छन् । स्पेनको विद्युत कम्पनीले देशको उत्तर, दक्षिण र पश्चिममा रहेका केही सबस्टेशनहरूमा भोल्टेज फिर्ता आएको बताएको छ ।

    स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिकाले विद्युत पुनर्स्थापित गर्न कडा परिश्रम गरिरहेको बताएको छ ।यद्यपि, स्पेनी रेलवे फर्म रेन्फेले विद्युत सङ्कटका कारण आफ्ना सबै सेवाहरू निलम्बित गरिएको बताएको छ ।

    स्पेनमा यो विद्युत सङ्कटपछि देशका प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय सुरक्षासँग सम्बन्धित ‘ असाधारण ‘ बैठक आयोजना गरेका छन् । स्पेन र पोर्चुगलमा बिजुली कटौतीसँगै केही क्षेत्रहरूमा यात्रुहरूलाई रेलबाट बाहिर निकालेर रेलहरू खाली गराइएको थियो ।

    सङ्कटका कारण इन्टरनेट सेवाहरू पनि प्रभावित भएका छन् र मोबाइल सेवाहरू पनि बन्द भएको रिपोर्ट आएको छ । बिजुली आपूर्ति बन्द भएपछि स्पेनको म्याड्रिडका मेयरले मानिसहरूलाई सकेसम्म कम यात्रा गर्न ९ड्राइभ० अपिल गरे र मानिसहरू जहाँ छन् त्यहीँ बस्न भनेका छन् ।


    images

    Logo