images
images

भारतले खुलायो पाकिस्तानसँगको तनावका कारण बन्द भएका ३२ वटा विमानस्थल


  • 582
    SHARES
  • २०८२ बैशाख २९ गते सोमबार

    भारतले खुलायो पाकिस्तानसँगको तनावका कारण बन्द भएका ३२ वटा विमानस्थल

    काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल खुला गरेको छ । भारतको नागरिक उड्डयन प्राधिकरणले आज सूचना निकालेर बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जानकारी गराएको हो ।

    बन्द गरिएका ३२ वटै विमानस्थल आजैदेखि पूर्णरूपमा सञ्चालनमा आएको बीबीसी हिन्दीले जनाएको छ । प्राधिकरणले सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ वटा विमानस्थल मे १५ तारिखसम्मका लागि बन्द गरेको थियो ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आज बेलुका ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् । पाकिस्तानसँगको तनावपछि प्रधानमन्त्री मोदीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । 


    images

    Logo