images
images

भक्तपुरको गठ्ठाघरमा आजदेखि सप्ताह ज्ञान महायज्ञ, सभामुख घिमिरेले गरे शुभारम्भ


  • 563
    SHARES
  • २०८२ जेठ ४ गते आइतबार

    भक्तपुरको गठ्ठाघरमा आजदेखि सप्ताह ज्ञान महायज्ञ, सभामुख घिमिरेले गरे शुभारम्भ

    भक्तपुर । सभामुख देबराज घिमिरेले धार्मिक कृयाकलापले संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित र सरल ढंगले अघि बढाउन टेवा पुर्याउने बताएका छन् । सनातन पितृमुक्ति समाजले आईतवार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले धार्मिक कार्यको माध्यमबाट समाजको उत्थान गर्नुपर्ने बताए ।

    समाज, राष्ट्र, आफैं र आफ्नै घरपरिवार प्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माण अहिलेको आवश्यकता रहेको बताउदै सभामुख घिमिरेले पश्चिमा दर्शन हाम्रै पुर्वीय दर्शनमा आधारित रहेको बताए । पुर्वीय दर्शनमै टेकेर उनीहरुले बिज्ञानलाई प्रयोग गर्दै चमत्कार प्रदर्शन गर्दै आएको घिमिरेको भनाई थियो । 

    नयाँ पुस्ता बिज्ञानले गरेका प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भए पनि त्यसको जग पुर्वीय दर्शन र संस्कृति नै रहेको सभामुख घिमिरेले बताए । पश्चिमा दर्शनले पुर्वीय दर्शनबाट पाठ सिकेको बताउँदै घिमिरेले अहिले अमेरिकामा बेदको अध्ययन र अनुसन्धान हुन थालेको उल्लेख गरे ।

    Savamukh ph.jpg 2.jpg

    अधुरो रहेको पितृमुक्ति भवन निर्माण सम्पन्न गर्न आजेदेखि श्रीमद् भागवत महायज्ञ सुरु भएको हो । सनातन पितृमुक्ति समाज, गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माणको उद्देश्यले महायज्ञ गर्न लगाइएको बताए । सुवेदीका अनुसार महायज्ञबाट उठेको रकमबाट भवन निर्माण सम्पन्न गरी बाँकी रकम अक्षयकोष स्थापना र  पुस्तकालय निर्माणमा खर्च गरिनेछ । 

    महायज्ञ प्रचार समितिका संयोजक नारायण न्यौपानेका अनुसार महायज्ञमा प्रमुख  कथावाचनका रुपमा राधिका दाशी रहेकी छिन् । जेठ १० गतेसम्म सञ्चालन हुने महायज्ञबाट करिव दुई करोड रूपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिइएको छ । 

    महायज्ञ सफल बनाउन १७ वटा उपसमिति गठन गरिएको छ । सो भवन भवन निर्माणको थालनी २०६९ सालमा लगाइएको महायज्ञबाट संकलित रकमबाट गरिएको अध्यक्ष सुवेलीले बताए । 

    पाँच आना दुई पैसा क्षेत्रफल जग्गामा तीनतले भवन बनिसकेको र हालसम्म करिब १ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष सुवेदीको भनाई छ । अझै १६ लाख रुपैयाँ ऋण बाँकी रहेको भन्दै, त्यसलाई तिर्न र अन्य आवश्यक संरचना निर्माण गर्न महायज्ञ अपरिहार्य भएको सुवेदी बताउँछन् । 


    images

    Logo