काठमाडौं । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो ।
अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेका थिए । जसका कारण तेल आपूर्ति र क्षेत्रीय द्वन्द्व बढ्ने विषयले तनाव सिर्जना गराएको छ । बुधबार अन्तर्राष्ट्रिय तेलको मूल्य नाटकीय रूपमा बढेको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाइमा डेलिभरीका लागि हल्का कच्चा तेलको फ्युचर्सको मूल्य ९६ सेन्टले बढेको छ । जुन १.६ प्रतिशतले बढेको हो । जबकि जुलाई डेलिभरीको लागि ब्रेन्ट कच्चा तेलको फ्युचर्स ९७ सेन्टले बढेको छ जुन १.५ प्रतिशतले बढेको हो ।
इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो । इजरायलको आक्रमणले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।


