काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएका छन् । मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको मुल्य समायोजन भएका हुन् ।
मेगा बैंकको १० प्रतिशत बोनस शेयर पछि २ सय ९२ रुपैयाँमा मुल्य समायोजन भएको हो भने ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर पश्चात १ हजार ६ सय ९९ रुपैयाँमा मुल्य समायोजन भएका हुन् ।
अघिल्लो दिन मेगा बैकको अन्तिम कारोबार ३ सय २२ रुपैयाँमा भएको थियो भने ग्लोबल आईएमई लघुवित्तको २ हजार १ सय ७५ रुपैयाँमा थियो ।