images
images

गलत काम गर्ने इन्जिनियरलाई कारबाही गरेको हुँ : प्रमुख प्रशासकीय अधिकृत आचार्य 


  • 527
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    गलत काम गर्ने इन्जिनियरलाई कारबाही गरेको हुँ : प्रमुख प्रशासकीय अधिकृत आचार्य 

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिकाका इन्जिनियरले गाउँपालिकाको अहित हुने गरी काम गरेकाले शाखा परिवर्तन गरी कारवाही गरिएको बताएका छन् । इन्जिनियर शिशिर भट्टराईलाई ज्यान मार्ने धम्की दिएको भन्ने आरोप निराधार रहेको उनले स्पष्ट पारे ।  

    गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनका आधारमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आचार्यले निवेदनमा उल्लेख गरे जस्तो केही नभएको बताए । 

    शिवपुरीमा निर्माण भएको कोल्ड स्टोरको ठेक्कापट्टा प्रतिष्पर्धा हुँदा गाउँपालिकाको अत्यन्त गोप्य रहने फाइल इमेल गरेको, सार्वजनिक खरीद अनुगमन कार्यालयले उपलब्ध गराएको युजर आईडी र पासवर्ड अन्यलाई उपलब्ध गराउने, कार्यालय प्रमुखसँग समन्वय नगरी ठेक्का निकाल्ने, टेन्डर डकुमेन्ट बनाउँदा मनोमानी योग्यता निर्धारण गरी गाउँपालिकालाई विवादमा ल्याउने, ठेकेदारहरुसँग मिलेमतोमा योग्यता निर्धारण गर्ने लगायतका धेरै गल्ती भेटेकाले आफूले इन्जिनियरलाई शाखा परिवर्तन गरी नियमअनुसार कारबाही गरेको स्पष्ट पारे । 

    पत्रमा उनले भने,  “जुन शाखामा रहेर जिम्मेवारीपूर्वक काम गर्नुपथ्र्यो, त्यो काम नगरेको पाइएकाले कार्यालय प्रमुखको हैसियतले जिम्मेवारी परिवर्तन गरेको हुँ ।”  इन्जिनियरले गाउँपालिकाको अहित हुने धेरै कामहरु गरेको र कार्यालयको कतिपय गोप्य कुरालाई  मिडियाबाजी गर्नु  झन् गलत भएको आर्चायले बताए । भटट्टराईमा कर्मचारीमा हुनुपर्ने सामान्य अनुशासन र आचरण नभएको भन्दै उनले यस्तो कर्मचारीबाट पालिकाले राम्रो कामको अपेक्षा गर्न नसकिने उल्लेख गरे । 

    गाउँपालिकाको अहित हुने काम गरेकाले उनलाई भवन निर्माण तथा बस्ती बिकास अर्थात् नक्सा पास शाखामा सरुवा गरेको आचार्यले बताए । “कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने काम कार्यालय प्रमुखको हो । यो कुरालाई लिएर शक्तिकेन्द्रमा धाउनु गलत हो ।” अनावश्यक गुटबन्दी गर्ने, नचाहिदा काम गर्ने, गाउँपालिकाको अहित हुने काम गर्ने जोसुकै कर्मचारीलाई पनि नियमानुसार कारबाही गरिने दृढता समेत आचार्यले व्यक्त गरे । 

    इन्जिनियर भट्टराईले आफूलाई कारबाही हुने भएपछि मिडियाबाजी गरेको र कार्यालय प्रमुखलाई नै धाक धम्की र चुनौती दिँदै सरुवा गराउने चलखेलमा शक्तिकेन्द्र धाएको आचार्यको दाबी छ । उनले गलत काम गर्ने कर्मचारीको उक्साहटमा नलाग्न र गाउँपालिकाको हित हुने कार्यमा सक्रिय हुन अन्य कर्मचारीहरुलाई निर्देशन समेत दिए । 


    images

    Logo