images
images

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने


  • 219
    SHARES
  • २०८२ आषाढ १८ गते बुधबार

    अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    अर्घाखाँची । यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । 
     
    गत असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ । 
     
    प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । 
     
    वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार, नेपालका अलवा भारतको उत्तर प्रदेश, बिहारबाट समेत  धार्मिक पर्यटकहरु सुपादेउरालीमा आउने गर्दछन् । सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । 
     
    कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ । 


    images

    Logo