काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।