काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ६८ हजार ९० किलो राहदानी (पासपोर्ट) आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो स्थिति देखिएको हो ।
उक्त परिमाण बराबरको पासपोर्ट आयात गर्न २ अर्ब ६ करोड ३० लाख १३ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकमा जनाइएको छ ।
विदेशिए ८ लाख ३९ हजार नेपाली
एक वर्षको अवधिमा २ अर्ब रकम बराबरको पासपोर्ट आयात हुँदै गर्दा रोजगारीका लागि विदेशीने नेपालीको संख्या करिब ८ लाख ३९ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा रोजगारीका लागि ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार श्रम स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला छन् । अघिल्लो आर्थिक वर्ष सबैभन्दा धेरै श्रमिक जाने गन्तव्य मुलुकहरूमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएशिया र बहराइन छन् ।
विभागका अनुसार पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएका छन् ।


