images
images

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता


  • 491
    SHARES
  • २०८२ श्रावण १८ गते आइतबार

    नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता
    काठमाडौँ । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।
     
    श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आज एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डि शिल्भाले सम्झौता पत्रमा हस्ताक्षर गरे।
     
    दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
     
    साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।
     
    यस्तै दुवै देशका चेम्बर प्रतिनिधिबीच दुईपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ ।
     
    साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुहरुको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसिसी र एसएलसी एसएम आइकातर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।
     
    दुईपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ । 
     
    खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


    images

    Logo