काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर भएर सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।