images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 187
    SHARES
  • २०८२ भाद्र १२ गते बिहीबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको थियो ।


    images

    Logo