images
images

रुसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने


  • 320
    SHARES
  • २०८२ आश्विन ९ गते बिहीबार

    रुसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने

    मस्को । तेल प्रशोधन केन्द्रहरूमा युक्रेनी आक्रमणले मूल्यलाई अहिलेसम्मकै उच्च स्तरमा पु¥याएसँगै रूसले बिहीबार आफ्नो पेट्रोल निर्यात प्रतिबन्धलाई सन् २०२५ को अन्त्यसम्म विस्तार गर्ने बताएको छ।

    मार्चदेखि लागू भएको प्रतिबन्धको उद्देश्य युक्रेनी आक्रमणले उत्पादन नियन्त्रण गर्दा देशमा घरेलु माग पूरा गर्न पर्याप्त इन्धन छ भन्ने सुनिश्चित गर्नु भएको रूसले जनाएको हो।

    किएभले महिनौँदेखि रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउँदै आएको छ । आक्रमणलाई युद्धका कारण मस्कोविरूद्धको उचित बदला र रूसी सेनालाई कोष दिने ऊर्जा राजस्व कटौती गर्ने प्रयास भनिएको छ।

    “हामी यस वर्षको अन्त्यसम्मका लागि पेट्रोल निर्यातमा निकट भविष्यमा प्रतिबन्ध लगाउनेछौं,“ उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था (तास) ले जनाएको छ । 

    सरकारले खुद्रा विक्रेता र व्यापारीहरूलाई डिजेल इन्धन निर्यातमा पनि प्रतिबन्ध लगाउने उनले बताए । 

    गर्मीमा युक्रेनी आक्रमणको श्रृङ्खलाले धेरै प्रमुख केन्द्रको प्रशोधन क्षमतामा असर पु¥याएको, इन्धनको मूल्य उच्च बनाएको र केही क्षेत्रहरूमा अभाव निम्त्याएको छ।

    रूसी प्रशासनले बिहीबार भनेको छ, “रूसी प्रशोधन केन्द्रमा उत्पादन मात्रामा कमीका कारण कब्जा गरिएको क्रिमिया प्रायद्वीपले इन्धन अभावको सामना गरिरहेको छ।”

    बुधबार किएभले मध्य बाश्कोर्तोस्तान क्षेत्रमा रहेको एक प्रमुख रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा ठूलो आगलागी भएको थियो ।

     


    images
    images

    Logo