images
images

विश्व अर्थतन्त्र यसपहिले प्रक्षेपण गरिएभन्दा राम्रो अवस्थामा : आइएमएफ प्रमुख


  • 314
    SHARES
  • २०८२ आश्विन २३ गते बिहीबार

    विश्व अर्थतन्त्र यसपहिले प्रक्षेपण गरिएभन्दा राम्रो अवस्थामा : आइएमएफ प्रमुख

    वासिङ्टन । लामो समयसम्म अनिश्चितता र मध्यम अवस्थाको आर्थिक वृद्धिको सम्भावनाको सामना गरिरहेको विश्व अर्थतन्त्र यसपहिले अपेक्षा गरिएभन्दा राम्रो भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले बुधबार बताएकी छन।

    अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले वासिङ्टनमा गरिएको पत्रकार सम्मेलनमा भनिन्, “विश्व अर्थतन्त्रले ‘डरभन्दा राम्रो गरिरहेको छ, तर हामीलाई चाहिएभन्दा खराब’ नतिजा देखाइरहेको स्थिति छ।”

    उनले थपिन “कोषले अब विश्वव्यापी वृद्धि संयुक्त राज्य अमेरिका र केही अन्य उन्नत, उदीयमान बजार र विकासशील देशहरूको बीचमा अपेक्षा गरिएको भन्दा राम्रो अवस्थाको कारण ‘यस वर्ष र अर्को वर्ष थोरै मात्र’ सुस्त हुने अपेक्षा गर्दछ।”

    जर्जिएभाको यो भनाइ अर्को हप्ता वाशिङ्गटनमा विश्व बैंक र आइएमएफमा अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको भेलाभन्दा अगाडि आएको हो।

    यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरू विरुद्ध व्यापक करहरू लागू गर्ने निर्णय गरेपछि वार्षिक बैठकहरूमा फेरि एक पटक व्यापार युद्धको बिषय हावी हुने सम्भावना छ।

    “सबै सङ्केतहरूले सामान्यतया धेरै झट्काहरूबाट तीव्र तनावको सामना गरेको विश्व अर्थतन्त्रलाई औँल्याउँछ,” जर्जियाभाले भनिन्। “सुधारिएको नीतिगत आधार, निजी क्षेत्रको अनुकूलनशीलता, अपेक्षा गरेभन्दा कम कर, र सहयोगी वित्तीय अवस्थाहरू सकारात्मक आर्थिक सूचकाङ्कका लागि आधार हुन् ।

    उनले भनिन, “विश्वले अहिलेसम्म व्यापार युद्धमा फसेको अवस्थाबाट जोगिसकेको छ ।”

    अप्रिलमा २३ प्रतिशत रहेको अमेरिकी कर दर घटेर अहिलेको अवस्थामा १७।५ प्रतिशत कायम भएको छ। अमेरिकाको करिब १० प्रतिशत कर दर बाँकी विश्वको तुलनामा ‘धेरै माथि’ रहेको उनले बताइन ।

    उनले भनिन, “ती करहरूको पूर्ण प्रभाव ‘अझै प्रकट हुन बाँकी छ’, विश्व अर्थतन्त्रको लचिलोपन अझै ‘पूर्ण रूपमा परीक्षण गरिएको छैन’।” एएफपी 


    images

    Logo