images
images

इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक


  • 240
    SHARES
  • २०८२ आश्विन २४ गते शुक्रबार

    इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक

    जेरुसलेम । इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ।

    यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेस्टिनी लडाकू नेताहरूको नाम समावेश गरिएको छैन । 

    इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेस्टिनी नेताहरू मारवान बरघोटी, अहमद सादत, हसन सलामेह र अब्बास अल–सैयद हुन् तर यो सूचीमा उनीहरूको नाम समावेश छैन। 

    हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम र बन्धक बन्दी साटासाट सम्झौतामा सहमति भएपछि रिहाइका लागि बन्धकहको नाम सार्वजनिक गर्न थालिएको हो।

    योजना अनुसार इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमणपछि युद्ध सुरु भएदेखि विभिन्न जेलमा रहेका २५० कैदीसहित र लगभग एक हजार ७०० गाजावासीहरूलाई रिहा गर्नेछ।

    बदलामा हमासले दुई वर्षअघि आक्रमणका क्रममा अपहरित २५१ मध्ये ४७ जना बन्धकलाई हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ।


    images

    Logo