भक्तपुर । भक्तपुर क्षेत्र नं. १ मा रास्विपाले प्रारम्भिक अग्रता बनाएको छ । १४०० मत गन्दाको पहिलो अपडेटमा रास्विपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन । त्यसैगरी कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् ।
त्यस्तै नेमकिपाका प्रेम सुवालले ७५ मत पाउँदा राप्रपाका भरत बहादुुर खड्काले ६१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका सोमप्रसाद मिश्रले ५९ मत पाएका छन् । सो क्षेत्रमा ७३ दशमलव ११ प्रतिशत मत खसेको थियो ।


