images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?


  • 215
    SHARES
  • २०८२ फाल्गुण २६ गते मंगलबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलामा तीन लाख १३ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३०० रुपैयाँले बढेर तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo