images
images

हर्मुज जलडमरुमा तेल ट्यांकरलाई अमेरिकी नौसेनाको सुरक्षा दिने ट्रम्पको घोषणा


  • 260
    SHARES
  • २०८२ फाल्गुण ३० गते शनिबार

    हर्मुज जलडमरुमा तेल ट्यांकरलाई अमेरिकी नौसेनाको सुरक्षा दिने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरु हुँदै आवतजावत गर्ने तेल बोकेका ट्यांकरहरूको सुरक्षाका लागि अमेरिकी नौसेनाले छिट्टै सुरक्षा प्रदान गर्ने बताएका छन् ।

    पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त योजना चाँडै कार्यान्वयनमा आउने जानकारी दिएका हुन् । उनले पछिल्ला दिनहरूमा युद्धका क्रममा ठूलो प्रहार भएको पनि उल्लेख गरेका छन् ।

    इरानसँगको युद्ध कति समयसम्म चल्ने भन्ने प्रश्नमा ट्रम्पले ‘जति आवश्यक हुन्छ त्यति समयसम्म’ युद्ध जारी रहने बताएका छन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्पले परिस्थितिअनुसार युद्ध लामो समयसम्म चल्न सक्ने संकेत दिएका हुन् ।

    यसैबीच ट्रम्पले आफूले चीनका राष्ट्रपति सी चिनफिङसँग पनि इरानसँगको युद्धबारे टेलिफोनमा कुराकानी गरेको जानकारी दिएका छन् । उनले यही महिनाको अन्त्यतिर चीन भ्रमण गर्ने सम्भावनासमेत व्यक्त गरेका छन् ।


    images

    Logo