काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको चर्को मूल्यबृद्धी गरेको भन्दै घटाउन माग गरेको छ । महंगीको मारबाट सर्वसाधारणलाई राहत दिन करका दर घटाएर भएपनि पेट्रोलियम पदार्थको मुल्य घटाउन कांग्रेसले माग गरेको हो । ग
वैशाख २ र ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले पेट्रोलियम पदार्थको मूल्य बृद्धीसंगै सर्वसाधारणको जीवनयापनमा गम्भिर असर परेको भन्दै करका दरहरू परिवर्तन गरेर भएपनि मुल्य घटाउनु पर्ने माग गरेका हुन् ।
कांग्रेसले भन्सार र भ्याटबाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीती अवलम्बन गर्न पनि आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मुल्य घटाउन नसके विकास निर्माणदेखि सर्वसाधारणको भान्सासम्म प्रभावित हुने कांग्रेस प्रबक्ता चालिसेले बताए ।


